‘बाल हेल्पलाइन इलाम’ द्वारा अग्निपीडितलाई राहत

‘बाल हेल्पलाइन इलाम’ द्वारा अग्निपीडितलाई राहत

बाल हेल्पलाइन १०९८ इलामले पाँचथरको फालेलुङ गाउँपालिका ६ बरभञ्ज्याङका अग्निपीडितलाई राहत सामग्री प्रदान गरेको छ । संस्थाले ११ जना बालबालिकासहित पीडित आठ परिवारलाई राहत प्रदान गरिएको हो ।

बाल हेल्पलाइन इलामका प्रमुख भक्त थामीले राहत सामग्री वडाध्यक्ष सुजाता बान्तवामार्फत् हस्तान्तरण गरेका छन् । आठ परिवारलाई खाद्यान्न, ११ जना बालबालिकालाई लत्ताकपडा, स्टेशनरी, मोजा, टोपी, फाइबर सिरक, हिट फमलगायत सामग्री प्रदान गरिएको हो । एक लाख ४२ हजार एक सय ५० रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको थामीले जानकारी दिए ।

‘बाल हेल्पलाइन इलामले विपत्तिमा परेका बालबच्चाहरुलाई सहयोग गर्दै आएको छ,’ थामीले भने ‘बरभञ्ज्याङका ११ बालबालिकासहित आठ परिवारलाई राहतप्रदान गरेका छौँ ।’ आगलागीका कारण बरभञ्ज्याङका तीन घरमा व्यवसाय गर्दै आएका आठ परिवार विस्थापित भएका छन् । ग्रामीण बजारको रुपमा विस्तार भइरहेको उक्त व्यापारिक केन्द्रमा आगलागी हुँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

टिप्पणीहरू