आगलागीबाट ४० लाखको क्षति

आगलागीबाट ४० लाखको क्षति

पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रविको मुढे गाउँमा आगलागी हुँदा झण्डै ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय प्रकाश साम्पाङ राईको घरमा बिहान ७ बजेतिर भएको आगलागीमा उनको १ वटा घर, १ वटा गोठ र अन्य घरायसी सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रविले जनाएको छ ।

आगलागी के कारणले भएको हो यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय रविका इन्सपेक्टर केशव अधिकारीले जानकारी दिनुभयो । स्थानीयहरु र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

टिप्पणीहरू