रविन्द्र मिश्र पनि संक्रमित

रविन्द्र मिश्र पनि संक्रमित

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पनि कोरोना संक्रमित भएका छन् । आज सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रहसमेत गरेका छन् ।

‘म पनि कोभिड पोजेटिभ देखिएको छु,केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु,अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु,अहिले सबै ठीकै छ,’ मिश्रले लेखेका छन् ।

टिप्पणीहरू