छतबाट खसेका किशोरको ज्यान गयो

छतबाट खसेका किशोरको ज्यान गयो

आफ्नै घरको छतबाट खसेर एक किशोरको ज्यान गएको छ । भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका १, लोकन्थली आँखा अस्पताल नजिक बस्ने १६ वर्षीय सौरभ महतोको तीन तला माथिबाट खस्दा ज्यान गएको हो ।

घरको छतबाट खसेर गम्भीर घाइते भएका सौरभलाई बुबा अनुपम महतोले तत्काल अस्पताल पुप्याएका थिए । तर, समिट अस्पतालमा उपचारको क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

हाल प्रहरी अधिकृतसहितको टोलीले घटनास्थलको अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू