बतासका कोठा–कोठा चाहार्दै मन्त्री आले

बतासका कोठा–कोठा चाहार्दै मन्त्री आले

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति क्षेत्रभित्र बतास समूहले चलाएको धर्मशालाका प्रत्येक कोठाको अनुगमन गर्नुभएको छ ।

भारत सरकारको अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा बतास समूहले होटेल चलाएको भन्दै उहाँले निरीक्षण गर्नुभएको हो । आज बिहान ११ बजे पशुपति क्षेत्र पुगेर आलेले धर्मशालाका प्रत्येक कोठाको निरीक्षण गर्नुभएको थियो ।

पशुपतिको धर्मशाला प्राइम लोकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्रो कमाएको खबर बाहिरिएको छ । यसअघि बतासले सेटिङका आधारमा धर्मशाला प्रयोग गरेको समाचार बाहिरिएपछि मन्त्री धर्मशाला पुग्नुभएको हो ।

टिप्पणीहरू