संक्रान्तिमा मधेसका चेलीलाई विभेद

संक्रान्तिमा मधेसका चेलीलाई विभेद

संक्रान्ति पर्व विभिन्न जातजाति र समुदायले छुट्टाछुट्टै तरिकाबाट मनाउने गरेका छन् । तराई मधेसमा मनाइने संक्रान्ति पर्वमा छोरीलाई भने विभेद हुने गरेको पाइएको छ । यो पर्वमा तिल,सख्खर,चामल र केरालाई मुछेर बनाइएको प्रसाद छोरालाई खुवाइएको तर आफ्नै छोरी चेलीलाई भने नखुवाइएले उक्त विभेदको रहस्य खुलेको हो ।

राजविराज नगरपालिका–६ का सुमन देवका भन्छिन्,‘यो पर्वमा तिल,सख्खर,चामल,केरालाई मुछेर प्रसाद बनाइन्छ । प्रसाद कूलदेवतालाई चढाएर घरमा भएका हजुरबुबा,हजुरआमा,बुवाआमाले नाति छोरालाई सूर्य भगवानलाई साक्षी राखेर तिल बहबी भन्दै पाँचदेखि सात पटक खुवाउने र छोराले ह ह भन्ने चलन छ ।’ विवाह गरेर अर्काको कूलमा, अर्काको घर जाने भएकाले छोरीलाई खुवाउने चलन नरहेको देव बताउँछिन् ।

“मुरही,चिउरा,तिलको लड्डु छोरीलाई खान दिन मिल्ने,छोरीको घरमा कोसेली पठाउन मिल्ने तर छोरा नातिलाई खुवाए जस्तै सूर्यलाई साक्षी राखेर खुवाउन नमिल्ने राजविराज–२ का पवनकुमार यादवले बताए ।”

सोही नगरपालिका वडा नम्बर १३ की ८० वर्षिया सावित्रीदेवी देवले भनिन्, ‘आमाबाबुलाई पाल्ने,दाहसंस्कार गर्ने जिम्मेवारी भएकाले छोरालाई उक्त प्रसाद आफ्नो हातले खुवाउने प्रचलन परापूर्वकालदेखि नै रहँदै आएको छ ।’ छोरीहरू अर्काको अधिनमा हुने भएकाले उनीहरूको आवश्यकता भएको बेला उपस्थिति हुन नसक्ने अवस्थामा कर लगाउन नमिल्ने भएपछि छोरीलाई नखुवाउने गरेको उनको तर्क छ ।

मुरही,चिउरा,तिलको लड्डु छोरीलाई खान दिन मिल्ने,छोरीको घरमा कोसेली पठाउन मिल्ने तर छोरा नातिलाई खुवाए जस्तै सूर्यलाई साक्षी राखेर खुवाउन नमिल्ने राजविराज–२ का पवनकुमार यादवले बताए । तिलमा रोगप्रतिरोधात्मक क्षमता बढाउने शक्ति हुनुका साथै एन्टी एक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाइने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । धार्मिक मान्यताअनुसार तिललाई निकै शुद्ध मानिन्छ । हरेक पूजा पाठमा तिलको प्रयोग गर्ने चलन छ ।

टिप्पणीहरू