आफैंलाई गर्भवती बनाउनेविरुध्द २८ लाख डलरको क्षतिपूर्ति माग

आफैंलाई गर्भवती बनाउनेविरुध्द २८ लाख डलरको क्षतिपूर्ति माग

जापानमा आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध एक महिलाले उजुर हालेकी छन् । बेइमानी गरेको,सफेद झुट बोलेको र आफ्नो शैक्षिक पृष्ठभूमि र जातीय पहिचान ढाँटेको आरोप लगाउँदै राजधानी टोकियोकी ३० वर्षीया महिलाले वीर्यदान गर्ने पुरुषविरुध्द उजुर हालेकी हुन् ।

महिला र उनका पतिले दोस्रो सन्तान चाहेको,तर पतिमा वंशाणुगत समस्या देखिएपछि उनीहरु वीर्यदाताको खोजीमा थिए । दाताको वीर्य प्रयोग गर्ने निधो गरेपछि उनीहरुले सामाजिक सञ्जालमा अन्दाजी २५ वर्षका पुरुष फेला पारे ।

ती व्यक्तिले आफू अविवाहित भएको र विश्वको प्रख्यात विश्वविद्यालयबाट स्नातक गरेको बताएपछि दम्पत्तिले दाताको वीर्य लिन मञ्जुरी जनाए ।

“सामाजिक सञ्जालमार्फत फेला परेका व्यक्तिको वीर्यबाट जापानमा १० हजारभन्दा बढी सन्तान जन्मिएको एउटा आँकडाले देखाएको छ ।”

दातासँग १० पटक यौन सम्पर्क गरेपछि ती महिला गर्भवती भएकी हुन् । गर्भको बच्चा हुर्कंदै जाने क्रममा महिलालाई आफूलाई गर्भवती बताउने पुरुषबारे थप चासो बढेको समाचारमा उल्लेख छ ।

महिलाले उनको बारेमा थप जानकारी खोजी गर्ने क्रममा ती व्यक्ति वास्तवमा विवाहित रहेको र विश्वविद्यालयको मुखै नदेखेको खुलासा भएको थियो ।

यौन सन्तुष्टिका लागि दाताले आफूलाई झुटो बोलेको र गलत सूचना दिएको भन्दै गर्भवती महिलाले पुरुषविरुध्द अहिले नालिस हालेकी छन् । अदालतमा हालिएको नालिसमा उनले २८ लाख डलर क्षतिपूर्ति माग गरेकी छन् ।

जापानमा पछिल्लो समय धेरै दम्पत्तिले वीर्यदाताको सहयोगमा सन्तान जन्माउन सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन् । सामाजिक सञ्जालमार्फत फेला परेका व्यक्तिको वीर्यबाट जापानमा १० हजारभन्दा बढी सन्तान जन्मिएको एउटा आँकडाले देखाएको छ ।

टिप्पणीहरू