कोरोनाको कारण आजको फुटबल म्याच स्थगित

कोरोनाको कारण आजको फुटबल म्याच स्थगित

राजधानीमा जारी सहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको छ । च्यासल क्लबका १९ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि आजको खेल स्थगित गरिएको हो ।

च्यासल युवा क्लबले आफ्ना १९ खेलाडीमा कोभिड–१९ पोजिटिभ देखिएको भन्दै पुलिसविरुद्धको खेल स्थगित गर्न अनुरोध गरेपछि खेल रोकिएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो । नयाँ मिति नतोकिएसम्म खेल स्थगित भएको बताइएको छ । लिगअन्तर्गत नवौं चरणको अन्तिम खेल जावलाखेल युथ क्लब र एनआरटीबीच भने भोलि पूर्वनिर्धारित तालिकाअनुसार नै खेल हुने एन्फाले जनाएको छ ।

टिप्पणीहरू