रवीन्द्र मिश्रलाई छाडेर महिलाहरुको अर्कै समूह

रवीन्द्र मिश्रलाई छाडेर महिलाहरुको अर्कै समूह

विवेकशील साझा पार्टीको बिद्रोही समूहले छुट्टै महिला संगठन घोषणा गरेको छ । अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ को लाइनसँग असन्तुष्ट नेताहरुले वैकल्पिक महिला संगठन घोषणा गरेका हुन् ।

विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूलबाटो’ पक्षकी नेतृ विद्या श्रेष्ठ महर्जनको संयोजकत्वमा वैकल्पिक महिला सङ्गठन सार्वजनिक गरिएको हो । श्रेष्ठको संयोजकमा १७ सदस्यीय केन्द्रीय समिति घोषणा भएको बताइएको छ ।

अध्यक्ष मिश्र गणतन्त्र,संघीयता र धर्मनिरपेक्षताका विरुद्ध उभिएको र त्यसले वैकल्पिक राजनीतिको अभियान अवरुद्ध बनाएको आरोप लगाउँदै सो पार्टीका संयोजक मिलन पाण्डे नेतृत्वमा यसअघि नै ठूलो समूहले बिद्रोह गरेको थियो । उनीहरुले विवेकशील साझा मूलबाटो अभियान सन्चालन गरेका छन् ।

टिप्पणीहरू