दक्षिणमा तीस गुणाले बढ्यो संक्रमण,गंगामा स्नान गर्न लाखौंको भीड

दक्षिणमा तीस गुणाले बढ्यो संक्रमण,गंगामा स्नान गर्न लाखौंको भीड

भारतमा एक महिनामै कोभिड संक्रमण तीस गुणाले बढेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा त्यहाँ संक्रमण व्यापक बढेको हो।

पछिल्लो २४ घन्टामा मात्रै दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ । महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । संक्रमण बढेपनि सामाजिक दूरी,यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको छैन । केही सहरमा रात्रिकालीन कर्फ्यू लगाइए पनि चाडपर्व र धर्मका नाममा भीडभाड झन् बढेको छ ।

कोभिड बढिरहेका बेला लाखौं हिन्दूहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन् । हिन्दू धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नस्ट हुनुका साथै मृत्युपछि पुन्य प्राप्त हुन्छ । त्यसैले हिजो पश्चिम वंगालस्थित गंगामा भक्तजनको ठूलो भीड नै लागेको थियो ।

सामूहिक स्नान गर्नेहरुले स्वास्थ्य सुरक्षाका सामान्य मापदण्ड समेत पालना गरेका थिएनन् ।

टिप्पणीहरू