मुस्लिमहरुको चाडमा अबको चुनाव ? मिति सच्याउन माग

मुस्लिमहरुको चाडमा अबको चुनाव ? मिति सच्याउन माग

निर्वाचन आयोगले आगामी बैशाखमा हुने भनी तोकेको स्थानीय तहको निर्वाचन मितिप्रति मुसलमान धर्मावलम्बीले घोर आपत्ति जनाएका छन् । मुस्लिम संघले विज्ञप्ति जारी गर्दै आयोगद्वारा प्रस्तावित बैशाख १४ र २० गतेको मितिमा आफ्नो पर्व पर्ने भएकाले पुनरावलोकनको निम्ति आग्रह गरेको हो ।

संघका उपसभापति अताबुल मन्सुरीले जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगले आगामी वैशाख १४ र २० गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि उक्त मिति मुस्लिम समुदायको निम्ति उपयुक्त नभएको बताइएको छ । उनले भनेका छन्, ‘त्यसबेला आफ्नो इद पर्व पर्ने भएकाले मिति पुनरालोकनको निम्ति निर्वाचन आयोगलाई आग्रह गरिएको छ ।’

आयोगले बैशाखमा स्थानीय तहको निर्वाचन प्रस्ताव गरे पनि सरकारले भने कुनै निर्णय गरेको छैन । आमनिर्वाचनको निम्ति आयोगले मिति सिफारिस गर्ने र सरकारले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।

टिप्पणीहरू