धेरैभन्दा धेरै मुख्य मान्छेलाई कोरोना,एमाले उपाध्यक्षदेखि मन्त्रीसम्म एकान्तवासमा

धेरैभन्दा धेरै मुख्य मान्छेलाई कोरोना,एमाले उपाध्यक्षदेखि मन्त्रीसम्म एकान्तवासमा

कोरोना संक्रमणले मुलुकका उच्च ओहोदामा रहेकाहरुलाई पनि छोएको छ । हिजो दिउँसो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित महासचिव शंकर पोख्रेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको छ ।

यसैबीच महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलाई पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरी नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशशरण महतलाई कोरोना लागेको छ ।

उता परराष्ट्र सचिव भरत पौडेल र नापी विभागका महानिर्देशक प्रकाश जोशीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत झण्डै डेढ दर्जन नेता र नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँहरु घरमै बसेर उपचार गराइरहनु भएको छ । स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

टिप्पणीहरू