कोरोनाबाट मृत्युको संख्या ढाँटेको आरोप

कोरोनाबाट मृत्युको संख्या ढाँटेको आरोप

भारतीय राष्ट्रिय काँग्रेसका नेता तथा सांसद राहुल गान्धीले भारत सरकारले कोरोनाबारे झूठो बोलेको आरोप लगाएका छन् ।

उनले सेयर गरेको ट्वीटरमा सरकारले महामारीको वास्तविकतालाई ढाकछोप गरेको भन्दै ‘भारत सरकारले झूठो बोल्यो, विश्वलाई थाहा छ,भारत भोगिरहेको’ लेखेका हुन् ।

क्यानाडास्थित सेन्ट माइकल अस्पतालको विश्वव्यापी स्वास्थ्य अनुसन्धान केन्द्रका निर्देशकले जानकारी गराएको अाँकडालाई सेयर गर्दै भारत सरकारले कोरोनाबाट भएको मृत्युदरलाई तोडमरोड गरेको गान्धीले आरोप लगाएका हुन् ।

गान्धीले सेयर गरेको भिडियोमा उक्त केन्द्रका निर्देशक प्रभात झाले कोरोनाको शुरुको लहरमा केन्द्रले गरेको सर्वेक्षणमा मृत्युदर हल्का बढेको पाइएको बताउँदै २०२१ को अप्रिल र मेमा देखिएको दोस्रो लहरमा मृत्युदर दोब्बर भएको उल्लेख छ ।

“केन्द्रले पछिल्लो समय एउटै अस्पतालमा गरेको अनुसन्धानबाट समग्र मृत्युदरमा लगभग ३० प्रतिशतको बृध्दि पाइएको छ ।”

उनले पहिलो तथ्याङ्क आफूहरुको स्रोतबाट लिइएको भए पनि दोस्रो लहरको तथ्याङ्क भारत सरकारले उपलब्ध गराएको बताएका हुन् । ती तथ्याङ्क भारतका २ लाख अस्पतालमा प्रत्येक महिना भएका मृत्युको संख्या संकलनबाट प्राप्त भएका हुन् ।

सोही तथ्याङ्कलाई लिएर केन्द्रले पछिल्लो समय एउटै अस्पतालमा गरेको अनुसन्धानबाट समग्र मृत्युदरमा लगभग ३० प्रतिशतको बृध्दि पाइएको छ । उनले भारत सरकारले सार्वजनिक गरेको सबै तथ्याङक वास्तविक नभएर अनुमानको भरमा लेखिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘भारतको सरकारी तथ्याङ्कले २०२१ को जुन महिनाको मृत्युदर समावेश नगरी मेसम्मको मात्र समावेश गरेको पाइयो । त्यसैले यो परम्परागत सोच र रुढीवादी प्रवृत्तिबाट तयार गरिएको स्पष्ट हुन्छ ।

टिप्पणीहरू