बिल नभएको कपडासहित राजधानीमै छ जना समातिए

बिल नभएको कपडासहित राजधानीमै छ जना समातिए

राजधानीको बागबजारमा कपडा तस्करी गरिएको आशंकामा छ जना पक्राउ परेका छन् । उनीहरुले बील देखाउन नसकेपछि प्रहरीको फन्दामा परेका हुन् ।

प्रहरीले झण्डै १० लाख रुपैयाँ बराबरको कपडाको बिल मागेपछि उनीहरुले देखाउन सकेका थिएनन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बिल बिनाका कोट, पाइन्ट, कुर्ता, सुरुवाललगायतका कपडा फेला पारेको हो ।

कोट पाइन्टको कपडा ५५थान र कुर्ता÷सुरुवाल २ सय ८८ थानसमेत उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको बताइएको छ ।

टिप्पणीहरू