राजधानीमा ठूलो परिमाणको लागुऔषध भण्डारण

राजधानीमा ठूलो परिमाणको लागुऔषध भण्डारण

राजधानी काठमाडौंको भित्री शहरमा लागुऔषधको ठूलो परिमाण फेला परेको छ । लागुऔषधको कारोबार हुने गरेको सुराकीको आधारमा आज प्रहरीले कारोबारीसहित लागुऔषधलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंको नघल बस्ने ३३ वर्षका सुनिल श्रेष्ठले बेचबिखन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनको घर, कोठा खानतलासी गर्दा प्रहरीले डाइजापाम ९ सय ४० एम्पुल, फेनारगन १३ सय २० एम्पुल, नोफिन ९ सय ५० एम्पुल गरी ३२ सय १० एम्पुल लागुऔषध बरामद भएको छ ।

त्यसैगरी उनको साथमा रहेको चार लाख ४१ हजार एक सय ५० रुपैयाँ र दुई थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । उनलाई अहिले थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवामा राखिएको छ ।

टिप्पणीहरू