मुग्लिङ नजिकै जीप त्रिशुलीमा खस्यो, घाइतेलाई भरतपुरतर्फ लैजाँदै

मुग्लिङ नजिकै जीप त्रिशुलीमा खस्यो, घाइतेलाई भरतपुरतर्फ लैजाँदै

चितवनको इच्छाकामना गाउँपालिकामा केही बेरअघि जीप दुर्घटना भएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डको ३ नम्बर पुल नजिकैबाट स्कोरपियो जीप त्रिशुली नदी किनारमा खसेको हो ।

नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा.१३च४३६५ नम्बरको जीप सडकबाट ६० मिटर तल त्रिशुली नदीको किनारामा पुगेको छ । जीपमा रहेका चालकसहित ७ जना घाइते भएका छन् ।

घाइते सबैको उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।

टिप्पणीहरू