माघे संक्रान्तिका दिन एमालेले प्रधानमन्त्रीलाई भेट्ने

माघे संक्रान्तिका दिन एमालेले प्रधानमन्त्रीलाई भेट्ने

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ ।

नेकपा एमालेका नेता योगेश भट्टराईले भोलि बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।No description available.उहाँले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको बताउनुभएको छ ।

भट्टराईले प्रधानमन्त्रीसँगको भोलिको भेटको समाचार संकलनका लागि सञ्चारकर्मीहरुलाई बालुवाटारमा पुग्न आजै निम्तो गर्नुभएको छ ।

टिप्पणीहरू