कोदालो, फरुवासहित जनमत पार्टीको विरोध

कोदालो, फरुवासहित जनमत पार्टीको विरोध

रुपन्देहीको भैरहवामा सीके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ । जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ता र किसानले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले कृषि औंजार कोदालो, फरुवा, हलोलगायतका समाग्री बोकेर र्याली निकालेका हुन् । भैरहवाको बुद्धचोक हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मल र वीऊको व्यवस्था तथा कृषि उत्पादनको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएको छ ।

टिप्पणीहरू