सिंहदरबारभित्रै मेडिकल व्यवसायीलाई कालोमोसो

सिंहदरबारभित्रै मेडिकल व्यवसायीलाई कालोमोसो

नोबल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ । एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूका नेताहरूले शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलेका हुन् ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले उनीमाथि कालोमोसो दलेको बताइएको छ । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।अनेरास्वियूका अध्यक्ष सुदेश पराजुलीले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् । ‘अनेरास्ववियूद्वारा मेडिकल माफिया सुनिल शर्मालाई कालोमोसो ।

सलाम हाम्रो संगठन उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई’, उनले भने, ‘हाम्रो संगठनका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई तत्काल रिहाई गर ।’

टिप्पणीहरू