महोत्तरीमा लागुऔषध छ्याप्छ्याप्ती

महोत्तरीमा लागुऔषध छ्याप्छ्याप्ती

तराईका जिल्लामा लागुऔषधका अम्वली र कारोबारी छ्याछ्याप्ती भेटिएका छन् । महोत्तरीबाट लागुऔषधसहित आज एक जना समातिएका छन् । पक्राउ पर्नेमा बर्दिबास–१२ बस्ने राकेश महतो हुन् ।

गौशालातर्फ जाँदै गरेको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषधसहित उनलाई फेला पारेको हो ।

औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरी टोलीले ग.१ख ७४९७ नम्बरको बसका यात्रुलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध फेला परेको हो ।

शरीरमा लुकाइएको लागुऔषध नाइट्रोभेट ३० पिससहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू