३ जना श्रीमानमा संक्रमण पुष्टि

३ जना श्रीमानमा संक्रमण पुष्टि

सप्तरीमा तीन जना जिल्ला न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तीन दिनमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

ज्वरो आउनेको संख्या बढे पनि पीसीआर परीक्षण गर्न आउने सर्वसाधारणको संख्या निकै कम देखिएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा छन् । जिल्लाका कुनै पनि आइसोलेसन तयारी अवस्थामा छैनन् । राजविराज नगरपालिकासहित जिल्लाका अन्य गाउँ र नगरपालिकामा तत्काल आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको यादवको भनाइ छ ।

टिप्पणीहरू