संक्रमण जताततै, उपत्यकामा सबैभन्दा धेरै

संक्रमण जताततै, उपत्यकामा सबैभन्दा धेरै

कोरोना महामारीको दर हरेक दिन उकालो लागेको छ । आज पाँच हजार बढीमा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर पाँच हजार ८७ जना कोरोना संक्रमित भेटिएका छन् । २० हजार पाँच सय ६० जनामा नमूना परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।

तीमध्ये काठमाडौंमा मात्रै एक हजार नौ सय १३ जना छन् । भक्तपुरमा तीन सय १७ र ललितपुरमा तीन सय ७७ जना संक्रमित थपिएका छन् ।

यो अवधिमा तीन सय छ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९६ दशमलव ५ प्रतिशत रहेको छ । योसँगै मुलुकभर अझै १८ हजार दुई सय ३५ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय १३ पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोनाको कारण तीन जनाले ज्यान गुमाएका छन् ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये पाँच सय १० जना युवायुवती छन् भने तीन सय ५१ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्ष मुनिका ६१ जना संक्रमित थपिएका छन् । एक सय ९१ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या सात हजार छ सय २५ पुगेको छ । भक्तपुरमा एक हजार नौ सय ५१ र ललितपुरमा एक हजार नौ सय ३५ जना संक्रमित छन् ।

टिप्पणीहरू