चुनावको मिति तोक्न आयोगको आग्रह

चुनावको मिति तोक्न आयोगको आग्रह

निर्वाचन आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । आज डाकिएको सर्वदलीय बैठकमा आयोगले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन कानुनअनुसार आयोगलाई तयारीका लागि चाहिने १ सय २० दिन घर्किसकेको भन्दै माघ पहिलो साताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको हो ।

आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । आगामी जेठ ६ गतेभित्र स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचनको मिति तोकिनुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले पनि सहमति जनाएका छन् ।

आयोगले आगामी बैशाख १४ र २० गते स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन ।

टिप्पणीहरू