महामारीको तेस्रो लहर देखिएको मुख्यमन्त्री राउतको ठहर « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

महामारीको तेस्रो लहर देखिएको मुख्यमन्त्री राउतको ठहर

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १७:३०


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको तेस्रो लहर देखिएको भन्दै त्यसका लागि आवश्यक तयारी गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेशमा देखिएको शैया र अक्सिजनको अभाव अब हुन नदिने गरि तयारी गर्न उनले निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राउतले कोभिड–१९ कै अलग प्रजाति ओमिक्रोन भेरिएन्ट झन् संक्रामक रहेकाले त्यससँगको लडाईंमा स्वास्थ्यकर्मी, आमजनतालाई बलियो रुपमा लाग्न पनि आग्रह गरेका छन् । प्रदेशका पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लाण्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमासमेत अक्सिजन प्लाण्ट जडानको प्रक्रिया अघि बढेको उनले बताए ।

प्रदेशमा १५ वटा अस्पतालमा ३ सय ४६ आइसोलेसन शैया, १ सय ९२ एडीयू शैया, ९१ आइसीयु शैया, ६३ भेण्टिलेटर छन् । एक हजार ९ सय ६५ अक्सिजन सिलिण्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । प्रदेशभर १२ वटा पीसीआर परीक्षण मेसिनबाट कोभिड–१९ जाँच हुँदै आएको निर्देशनालयको भनाइ छ ।

मंसिरको अन्तिम सतासम्म स्थिर देखिएको कोरोना भाइरस संक्रमणको ग्राफ पुसपछि प्रदेश २ मा पनि बढ्दै गएको छ । बिहीबार मात्रै त्यहाँका आठवटा जिल्लामा १ सय १२ जना कोरोना संक्रमित भेटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !