गाँजाले कोरोना रोक्ने वैज्ञानिकहरुको निश्कर्ष !

गाँजाले कोरोना रोक्ने वैज्ञानिकहरुको निश्कर्ष !

वैज्ञानिकहरुको एक अध्ययनले गाँजाले कोरोना संक्रमण रोक्ने तथ्य फेला परेको जनाइएको छ । मारिजुआना यौगिकहरूको प्रभावकारिता परीक्षण गरिएको हालैको एउटा वैज्ञानिक अध्ययनले मारिजुआना अर्थात गाँजाले कोरोना संक्रमण रोक्ने जनाइएको हो ।

गत सोमबार ‘जर्नल अफ नेचुरल प्रोडक्ट्स’ द्वारा प्रकाशित अध्ययनमा ओरेगन स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले त्यसका दुईवटा यौगिकहरू पहिचान गरेका हुन् । जसले अनिवार्य रूपमा लाइभ कोरोनाभाइरस प्रोटिनमा बाँच्न सक्ने र यसलाई मानवकोषहरूमा प्रवेश गर्न र संक्रमण हुनबाट रोक्न सक्ने तथ्य निकालिएको हो ।

हेम्प कम्पाउन्डहरूको व्यापक प्रयोग र खोपहरूको पूरकको रूपमा, कोरोना संक्रमणको उपचार वा रोकथाम गर्न गाँजालाई प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरूले निश्कर्ष निकालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू