अष्ट्रेलियाको प्रख्यात चरा दुई दशकभित्र लोप हुने

अष्ट्रेलियाको प्रख्यात चरा दुई दशकभित्र लोप हुने

अस्ट्रेलियाको निकै प्रख्यात एउटा प्रजातिको चरा आगामी २० वर्षभित्र लोप हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । रिजेन्ट हनिटर नामक उक्त चरालाई तत्काल संरक्षण नगरे दुई दशकभित्र लोप हुने वैज्ञानिकहरूले चेतावनी दिएका हुन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार भर्खरै प्रकाशित एक अध्ययनमा अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयू) का अनुसन्धानकर्ताहरूले उक्त प्रजातिको चराको निम्ति हालका गहन संरक्षण प्रयासहरू तिनका प्रजातिहरू बचाउन पर्याप्त नभएको बताइएको छ ।दक्षिण–पूर्वी अष्ट्रेलियामा स्थानीय पंक्षी रिजेन्ट हनिटर कुनै समय महाद्वीपकै सबैभन्दा प्रख्यात चरा प्रजातिमध्ये एक थियो । यसलाई गीत गाउने चराको रुपमा चिनिन्छ ।तर, बासस्थान अभावका कारण त्यसको संख्या घटेर अहिले तीन सयभन्दा कम भएको छ ।फोटो स्रोत : सिन्ह्वा

टिप्पणीहरू