पैत्रिक सम्पत्तिमा लैंगिक विभेद नगर्न सरकारको परिपत्र

पैत्रिक सम्पत्तिमा लैंगिक विभेद नगर्न सरकारको परिपत्र

भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सम्पत्तिमा लैंगिक विभेद अन्त्यका लागि प्रचलित कानुन कार्यान्वयन गराउन भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएको छ ।

सम्पत्तिमा महिला र पुरुष तथा छोरा र छोरीबीचको समान अधिकारको संवैधानिक तथा कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन नभएको गुनासो आएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयको जग्गा प्रशासन शाखाले विभागलाई पत्र लेख्दै पैत्रिक सम्पत्तिमा लैंगिक विभेद नगरी प्रचलित कानुनबमोजिम सबै अंशियारले अंश पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराउन देशभरका मालपोत कार्यालयहरुलाई परिपत्र गर्न भनेको छ ।

गत मंसिर ९ गतेको मन्त्रिस्तरीय बैठकले सबै मालपोत कार्यालयहरुलाई परिपत्र गर्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू