अशक्त वृद्धामाथि यौन दुर्व्यवहार

अशक्त वृद्धामाथि यौन दुर्व्यवहार

इराकका एक पुरुषलाई जर्मनीकी वृद्धामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । ती पुरुषले ह्वीलचेयरमा बस्ने वृद्धालाई यौन दुर्व्यवहार गरेका हुन् । जर्मनीको एउटा अस्पतालको शौचालयमा ९० वर्षीया वृद्धालाई उनले यौन दुर्व्यवहार गरेको बताइएको छ ।

लिली एफ नामकी ती विधवा स्थानीय एउटा अस्पतालको आपतकालीन कक्षमा एक्सरेका लागि पर्खिरहेकी थिइन् ।

अभियोजनकर्ताहरुका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले वृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहार गरेका थिए । एलमाथि ‘शारीरिक रुपमा हानी गर्ने उदेश्यसहित’ बलात्कार गरेको अभियोग लागेको छ ।

तर, एलले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । बरु वृद्धालाई अस्पताल लैजान सहयोग गरेको जिकीर गरेका छन् । लिली अवकाशप्राप्त कर्मचारी बस्ने एउटा घरमा बस्दै आएकी थिइन् ।

घरको भुईंमा ढलेपछि उनी एक्सरे गर्न अस्पताल पुगेकी हुन् । त्यही क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

टिप्पणीहरू