पत्रकारलाई कार्यस्थलमा यौन दुव्यर्वहार

पत्रकारलाई कार्यस्थलमा यौन दुव्यर्वहार

नेपाल पत्रकार महासंघले पत्रकारमाथि भएको दुव्र्यहारप्रति आपत्ति जनाएको छ । महासंघ कास्कीले पत्रकारद्वय सुमन थापामगर र रिना थापालाई कार्यस्थलमा गरिएको दुव्र्यहारप्रति आपत्ति जनाएको हो ।

कास्कीमा क्रियाशील पत्रकार थापाले कार्यस्थल र रिपोर्टिङमा जाँदा आफूमाथि भएको यौन दुव्र्यवहार सम्बन्धी लेखेको लेखले महासंघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विमला भण्डारीले विज्ञप्तिमार्फत् जानकारी दिनुभएको छ ।पत्रकारद्वय मगर र थापालाई दुव्र्यवहार गर्ने दोषीको पहिचान गरी यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्ने पक्षमा महासंघ रहेको विज्ञप्तिमा उल्लेख छ । साथै महिलालाई सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन सरोकारवाको ध्यानाकर्षण पनि गरिएको छ ।

टिप्पणीहरू