रुपन्देहीमा सवारी दुर्घटना, मृतकको पहिचान खुलेन

रुपन्देहीमा सवारी दुर्घटना, मृतकको पहिचान खुलेन

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित भैरहवाको बुद्धचोकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भारतीय ट्रकले ठक्कर दिँदा पहिचान नखुलेका एक जनाको मृत्यु भएको हो ।

दुर्घटना केहीबेर अघि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । उहाँका अनुसार युपी ४२ एपी ४३५२ नम्बरको भारतीय ट्रकले लु. १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतकको पहिचान खुली नसकेको र ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको पौडेलले बताउनुभयो । मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि भीम अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू