बालकोटमा जुवाडेको बिगबिगी

बालकोटमा जुवाडेको बिगबिगी

पुसको जाडोमा पनि राजधानीमा जताततै जुवाडेहरु समातिएका छन् । यहि क्रममा भक्तपुरमा जुवा खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ बालकोटस्थित महेन्द्र शान्ती चोकबाट उनीहरु समातिएका हुन् ।

रामबाबु रानाभाटको घरमा जुवा खेलिरहेका उनीहरुलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले रानाभाटको घरमा छापा मारेको बताएको छ । सोही क्रममा घरबेटी रानाभाटलगायत सात जना जुवाडे प्रहरीको नियन्त्रणमा पुगेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र तीन बुक तास बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू