एमाले महासचिवलाई कोरोना संक्रमण

एमाले महासचिवलाई कोरोना संक्रमण

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

पछिल्लो दुई हप्तायता मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत झण्डै एक दर्जन नेताहरु यसअघि नै संक्रमित भइसकेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएर आइसोलेसनमा बस्नुभएको छ ।

टिप्पणीहरू