कुटपिटबाट सख्त घाइते गोबर्धनको निधन

कुटपिटबाट सख्त घाइते गोबर्धनको निधन

डढेलधुरामा कुटपिटबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । बुधबार लेनदेनको विषयलाई लिएर भएको कुटपिटबाट गम्भीर घाइते अजयमेरु गाउँपालिका–६ का ५६ वर्षीय गोबर्धन भण्डारीको मृत्यु भएको हो ।

सोही ठाउँका ३८ वर्षीय नन्दे सिंह भण्डारीले कुटपिट गर्दा गम्भीर घाइते भएका गोबर्धनको उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको हो ।

नन्दे सिंह र गोबर्धनबीच भागेश्वर गाउँपालिका–६ राडिलमा बुधबार बिहान हानाहान भएको थियो । कुटपिटबाट घाइते भएका उनलाई माया मेट्रो अस्पताल धनगढीमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले नन्दे सिंहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।

टिप्पणीहरू