मिक्लाजुङ गाउँपालिकाले पनि सरकारी आदेश लत्यायो

मिक्लाजुङ गाउँपालिकाले पनि सरकारी आदेश लत्यायो

पछिल्लो समय कोभिड १९ तीव्र गतिले फैलेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तर पाँचथरको मिक्लाजुङ गाउँपालिकाले संघीय सरकारको उक्त आदेशलाई लत्याइदिएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ देखि माघ १५ गतेसम्म मुलुकभरका विद्यालयमा पठनपाठन बन्द गर्ने निणर्य गरेको छ । तर मिक्लाजुङ गाउँपालिकाले शैक्षिकसत्र पूरा नहुने र गाउँपालिकामा कोभिडको असर नदेखिएको भन्दै सबै विद्यालयलाई नियमित पठनपाठन गर्न र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

मंगलबार कोभिड १९ संकट व्यवस्थापन समिति (डिसिएमसि) पाँचथरको बैठकले समेत जिल्लाका सबै शैक्षिक संस्थाहरु माघ १५ गतेसम्म बन्द गर्ने निणर्य गरेको छ । तर मिक्लाजुङ गाउँपालिकाले आफ्नै निर्णय लागू गर्ने बताएको छ ।

डिसिएमसि बैठकले विद्यालयस्तरका सबै परीक्षा रोक्ने निर्णय गरेको छ । कक्षा १२ को मौका परीक्षा भने नरोक्ने निर्णय गरेको छ । तर उक्त परीक्षा सञ्चालन गर्दा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।

टिप्पणीहरू