निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले अहिले बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । आयोगको कार्यालय, कान्तिपथमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निम्तो गरिएको छ ।

आयोगले आगामी स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको हो । स्थानीय तहको निर्वाचन यसअघि निर्वाचित जनप्रतिनिधिहरुको म्याद अगावै कि पछि भन्नेमा विवाद छ ।

संविधानले स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन म्याद सकिएको छ महिनाभित्र गर्न सकिने भनेको छ । निर्वाचन सम्बन्धी ऐनमा जनप्रतिनिधिको म्याद सकिनु एक महिना अगावै नयाँ प्रतिनिधि छानिनुपर्ने उल्लेख छ ।

टिप्पणीहरू