बैतडीका प्रहरीलाई मास्क र स्यानेटाइजर

बैतडीका प्रहरीलाई मास्क र स्यानेटाइजर

महिला मानवअधिकार रक्षक सञ्जाल र दलित समाज विकास मञ्च बैतडीले प्रहरीलाई मास्क र स्यानेटाइजर वितरण गरेको छ । दशरथचन्द नगरपालिका भित्रका ९ वटै प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयलाई उक्त सामग्री वितरण गरिएको हो ।

दलित मञ्चका सरस्वती नेपालीले कोरोना भाइरसको जोखिम मोलेर जनताको सेवामा खटिएका प्रहरी कर्मचारीका लागि उक्त सामग्री वितरण गरिएको जानकारी दिएकी छन् ।

कोरोना सर्तकताका लागि आवश्यक पर्ने सुरक्षा सामाग्री पाएपछी खुशी लागेको प्रहरीहरुले बताएका छन् । प्रहरीले ती सामाग्री आफूहरुका साथै बजारमा मास्क नलगाएर निस्केकाहरुलाई समेत वितरण गर्ने जानकारी दिएको छ ।

टिप्पणीहरू