७४ वर्षपछि बोर्डरमा खसालिएको त्यो आँशु

७४ वर्षपछि बोर्डरमा खसालिएको त्यो आँशु

भारत र पाकिस्तान विभाजन हुँदा छुट्टिएका दुई दाजुभाईको ७४ वर्षपछि पुनर्मिलन भएको छ । सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र हुँदा भएको विभाजनमा छुट्टिएका दुई दाजुभाईको अहिले भेट भएको हो । विभाजनपछि भएको हिंसा र नरसंहारको क्रममा छुट्टिएका उनीहरुबीच ७४ वर्षपछि भेट भएको छ ।

पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले भारतमा रहेका आफ्ना दाजु हबिबलाई भेटेका हुन् ।

सिद्दिकी भारत विभाजनपछि भारत शासित पन्जाबस्थित फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हबिबसँग भेटेका हुन् । हबिब सिद्दिकीलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।

लामो समयपछिको मिलनमा दुई दाजुभाई निकै भावुक बनेको समाचारमा जनाइएको छ । भेटमा उनीहरुले एकले अर्कोलाई अंगालो हाल्दा आँशु खसालेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भारत विभाजन हुँदा सिद्दिकी निकै सानो उमेरका थिए ।

टिप्पणीहरू