जोरपाटीमा लुकेर बसेका राई च्याप्पै

जोरपाटीमा लुकेर बसेका राई च्याप्पै

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका एक फरार प्रतिवादी समातिएका छन् । खोटाङको कपिलासगढी गाउँपालिका ९ स्थायी घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३२ वर्षका प्रकाश राईलाई प्रहरीले पक्रेको हो ।

गत कात्तिक १० गते बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले राईलाई पक्राउ आदेश दिएको थियो । अदालतले ४० लाख रुपैयाँ जरिवाना तोकेपछि उनी फरार भएका हुन् । हिजो प्रहरीले जोरपाटीमा लुकिछिपी बसिरहेको अवस्थामा समातेको हो ।

राईलाई सुषमा लिम्बुको जाहेरीका आधारमा उच्च अदालतले कात्तिक १० गते ४० लाख जरिवानासहित पक्राउ आदेश जारी गरेको थियो । हिजो प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले पक्रेको हो ।

महाशाखाका अनुसार राईलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

टिप्पणीहरू