करेन्ट लागेर इञ्जिनियरको मृत्यु

करेन्ट लागेर इञ्जिनियरको मृत्यु

संखुवासभामा करेन्ट लागेर एक जना इञ्जिनियरको मृत्यु भएको छ । करेन्ट लागेर बेहोस भएका सिभिल इञ्जिनियर अनिल ठाकुरको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

सप्तरी घर भई हाल ललितपुरको गोदावरी बस्ने २८ वर्षका उनलाई करेन्ट लागेर घाइते भएपछि थप उपचारको निम्ति जिल्ला अस्पताल संखुवासभामा पुर्याइएको थियो ।

उनको उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख तथा डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

ठाकुरलाई आज बिहान सभापोखरी–३, बाह्रबिसेस्थित निर्माणाधीन स्वास्थ्य चौकी भवनको अनुगमन गर्ने क्रममा छतमा रहेको विद्युत प्रसारण लाइनबाट करेन्ट लागेको थियो ।

ठाकुर निर्माणाधीन स्वास्थ्य चौकी भवन हेर्न केही दिन पहिले सभापोखरी पुगेका थिए । मृतक ठाकुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू