टिचिङमा ५ दर्जन स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित

टिचिङमा ५ दर्जन स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित

महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

अस्पतालका कोरोना फोकल पर्सन निरज बमका अनुसार हाल कोरोना संक्रमण देखिएजति सबै होम आइसोलेसनमा बसेका छन् । तीमध्ये एकाधलाई भने अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना संक्रमण भएकामध्ये अधिकांशको अवस्था सामान्य नै रहेको उहाँको भनाइ छ । धेरै स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालको सेवा भने प्रभावित भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहेको औल्याउँदै माघ पहिलो सातादेखि खोपको बुस्टर डोज दिने तयारी गरेको छ ।

टिप्पणीहरू