रक्सी पार्टीको दुई वर्षपछि प्रधानमन्त्रीले मागे माफी

रक्सी पार्टीको दुई वर्षपछि प्रधानमन्त्रीले मागे माफी

कोरोना महामारीको सुरुवाती चरणमा गरेको रक्सी पार्टीलाई लिएर बेलायती प्रधानमन्त्रीले माफी मागेका छन् । प्रधानमन्त्री बेरिस जोन्सनले आफ्नो सरकारी निवास ‘१०, डाउनिङ स्ट्रीट’ मा भएको पार्टीलाई लिएर माफी मागेका हुन् ।

प्रधानमन्त्री जोन्सनले उक्त पार्टी सन् २०२० को मे मा कोरोना महामारीका बीच दिएका थिए । त्यतिबेला बेलायतमा महामारीलाई लिएर लगाइएका प्रतिबन्धहरु जारी थिए ।

बेलायतमा विगत केही समय यता उक्त मुद्दा जोडतोडका साथ उठेपछि प्रधानमन्त्री कार्यालयले सोबारेमा आवश्यक जाँच भइरहेको भनेर टार्दै आएको थियो ।

जोन्सनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको सुरुआतमै माफी माग्न चाहेको बताएका थिए । उनले महामारीमा लाखौंले ज्यान गुमाएको र करोडौं मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताउँदै नियम बनाउनेले नै निमयको उचित रुपमा पालना नगरेको स्वीकार गरेका छन् ।

टिप्पणीहरू