अस्ट्रेलियामा एकै दिन डेढ लाख संक्रमित

अस्ट्रेलियामा एकै दिन डेढ लाख संक्रमित

अस्ट्रेलियामा एकैदिनमा डेढ लाख हाराहारीमा कोरोना देखिएको छ । कोभिड महामारीपछिको अहिलेसम्मकै उच्च एक लाख ४७ हजारमा कोरोना देखिएको हो ।

संक्रमितमध्ये ९२ हजार जना न्यु साउथ वेल्स (एनएसडब्लु) का छन् । कोभिडको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको सख्ंया पनि दिनहुँ बढिरहेको छ । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ ।

महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियामा पछिल्लो लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लुका छन् । तर ओमिक्रोनका कारण हुने मृत्युदर यसअघिको महामारीमाभन्दा न्यून रहेको जनाइएको छ ।

टिप्पणीहरू