मेडिकल कलेजका सञ्चालकको पुत्ला जल्यो

मेडिकल कलेजका सञ्चालकको पुत्ला जल्यो

आन्दोलनरत विद्यार्थीहरुले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला जलाएका छन् । एमिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीहरुले आज विराटनगरमा उनको पुत्ला जलाएका हुन् ।

कलेज सञ्चालकहरुले विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर जलाइएको आन्दोलनरत एक विद्यार्थीले जानकारी दिएका छन् । पुत्ला जलाउनुअघि चिता बनाएर विद्यार्थीले अस्पताल वरिपर घुमाएका थिए ।

एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम गरेका थिए ।

टिप्पणीहरू