सुत्केरी गराउन नसकेपछि गर्भवतीलाई हेलिकोप्टरमा राजधानी ल्याइयो

सुत्केरी गराउन नसकेपछि गर्भवतीलाई हेलिकोप्टरमा राजधानी ल्याइयो

संखुवासभामा एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । भोटखोला गाउँपालिका–२, लिङ्गमकी २८ वर्षीया चिप्प याङ्जम भोटेको उद्धार गरी काडमाडौंको थापाथलीस्थित प्रसूति गृह ल्याइएको हो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो ।

स्थानीय हटियामा उपचार हुन नसकेपछि हिजो साँझ थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको प्रसूति गृहमा ल्याइएको हो ।

सुत्केरी भोटेको हटिया स्वास्थ्य चौकीमा भिडियो एक्सेर गर्दा बच्चा उल्टो र असहज अवस्था देखिएपछि थप उपचारका लागि काडमाडौं पठाइएको भोटखोला गाउँपालिका स्वास्थ्य सह–संयोजक स्टाफ नर्स अमृता तामाङले बताइन् ।

तामाङका अनुसार भिडियो एक्सरे गर्दा आमा र बच्चा दुबैको अवस्था गम्भीर देखिएकाले तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौं पठाइएको हो ।

टिप्पणीहरू