अख्तियारमा पनि कोरोना आतंक

अख्तियारमा पनि कोरोना आतंक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएको छ । सामान्यतयाः धेरै मानिसको आवतजावत नहुने उक्त कार्यालयमा समेत कतिपयलाई कोरोना लागेपछि संक्रमण समुदायस्तरमा पुगेको आकलन गरिएको छ ।

आयोग स्रोतका अनुसार हिजोसम्म प्रमुख आयुक्त प्रेमकुमार राई वरिपरि बस्ने धेरैजसो संक्रमित भएका छन् । उनका दुई जना निजी सचिवमा संक्रमण पुष्टि भएलगत्तै चालकमा पनि देखिएको छ ।

त्यसैगरी मेकानिकल इञ्जिनियर र केही अन्य कर्मचारीमा समेत लक्षण देखिएको बताइन्छ । सबैलाई कोरोनाको लक्षण देखिए पनि हिजोसम्म प्रमुख राईमा भने कुनै लक्षण फेला परेको छैन ।

टिप्पणीहरू