फोटो दुरुपयोग गर्ने अनलाइनमाथि ‘काकु’ खनिए

फोटो दुरुपयोग गर्ने अनलाइनमाथि ‘काकु’ खनिए

आफ्नो फोटो दुरुपयोग गर्दै हदैसम्मको अनर्गल प्रचार गरेको भन्दै कलाकार दीपक आचार्य ‘काकु’ ले एक अनलाइनविरुध्द प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

टिक टकमा लाइभ बस्दा टिकटकबाट पैसा कमाउने ध्याउन्नमा लागेको भिखारी भनेर आफूलगायतको फोटोसहित मनगढन्ते समाचार प्रकाशित भएपछि प्रेस काउन्सिलमा उजुरी दिएको कलाकार आचार्यले बताए ।

‘मेरो फोटो दुरुपयोग गरेर भिखारी भन्ने शब्द प्रयोग गरी म र मेरो परिवारमाथि मानसिक रुपमा तनाव दिएपछि जुन समस्या भोगेँ मैले त्यसउपर प्रेस काउन्सिलमा उजुरी दिन बाध्य भएँ,’ उनले भने, ‘मानहानीदेखि लिएर विभिन्न विषय समेटेर उजुरी दिएको छु,कसैको फोटो दुरुपयोग गरेर भिखारी भन्न पत्रकार आचारसंहितामा पर्छ पर्दैन ? प्रेस काउन्सिलले छानबिन गर्छ होला, म निर्णयको प्रतिक्षामा छु ।’

टिप्पणीहरू