अछाममा अध्यक्ष ओलीका,अरु रावलका

अछाममा अध्यक्ष ओलीका,अरु रावलका

एमाले अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा अध्यक्षका अर्का प्रत्यासी प्रकाश शाहलाई हराउँदै बोहोराले बाजी मारेका हुन् ।

आठौँ जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । चुनावमा केपी ओलीनिकट बोहोरा र नेता भीम रावल निकट शाह प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए।

खसेको कूल ७५० मध्ये बोहोराले ४३१ मत पाउँदा ३०७ मत पाएका शाह भने पराजित भएका हुन् । अध्यक्षमा पराजित भए पनि उपाध्यक्ष र सचिवमा भने शाह प्यानलका उम्मेदवार विजयी भएका छन् ।

उपाध्यक्षमा विजयी बलबहादुर कुँवरले तीनसय १३ मत ल्याउँदा बोहरा पक्षका उम्मेदवार भीमबहादुर विष्टले ३ सय ६ मत ल्याए । सचिवमा भीमबहादुर रावल (कालो टोपी) चार सय ५३ मतले विजयी भएका छन् । दुवै शाह प्यानलबाट उठेका थिए ।

केन्द्रमा अध्यक्ष केपी ओलीलाई नेतृत्वमा चुनौती दिएका नेता भीम रावलको गृहजिल्ला भएकाले अछामको चुनावी परिणामलाई चासोका साथ हेरिएको थियो ।

टिप्पणीहरू