सिंहदरबार छिर्ने सबै पास खारेज

सिंहदरबार छिर्ने सबै पास खारेज

कोरोना महामारीको तेस्रो लहर शुरु भएसँगै सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सिंहदरबार प्रवेशका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको हो ।

गृहले मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको जानकारी दिएको हो ।

त्यस्तै, अब नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी गरिने पनि बताइएको छ ।तर, सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पहिला नै जारी भएका पास, अस्थायी परिचयपत्रहरुबाट नै प्रवेश दिइने गृहले भनेको छ । पत्रकारहरुको हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिइने गृहको सूचनामा उल्लेख छ ।

त्यसैगरी, सिंहदरबारभित्र सञ्चालन भएका चमेनागृहको हकमा बिहीबार एक दिनका लागि यस अघि जारी भएका पास, अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने र शुक्रबारदेखि नयाँ परिचयपत्र जारी गर्नुपर्ने गृहको भनाइ छ ।

टिप्पणीहरू