१६ महिने नाबालकको घाँटी रेटेर हत्या

१६ महिने नाबालकको घाँटी रेटेर हत्या

स्याङजामा एक नाबालकको घाँटी रेटेर हत्या भएको छ । वालिङ १० भकुण्डेस्थित ठाडो लाइनमा डेरा बस्ने गुरुङ परिवारका अन्दाजी १६ महिनाको छोराको घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङ नगरपालिका–१०, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङका छोरा साइमन गुरुङको हत्या भएको हो । गुरुङकी ५ वर्षीया छोरी साइना पनि घाइते भएकी छन् ।

प्रहरीका जानकारी अनुसार पर्वत ५ पैयुँ घर भइ हाल सोही घरको अर्को कोठामा डेरा गरि बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले हत्या गरेको खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना कुन उद्देश्यले किन गराइएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू