संक्रमणदर ह्वात्तै बढ्यो, सबैभन्दा धेरै काठमाडौंमा

संक्रमणदर ह्वात्तै बढ्यो, सबैभन्दा धेरै काठमाडौंमा

कोरोना संक्रमणदर पुनः उकालो लागेको छ । आज तीन हजार बढीमा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर तीन हजार ७५ जना कोरोना संक्रमित भेटिएका छन् । १३ हजार ३६ जनामा नमूना परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।

तीमध्ये काठमाडौंमा मात्रै एक हजार एक सय ६८ जना छन् । भक्तपुरमा एक सय ३४ र ललितपुरमा दुई सय ३६ जना संक्रमित थपिएका छन् ।

यो अवधिमा दुई सय ७८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव २ प्रतिशत रहेको छ । योसँगै मुलुकभर अझै ११ हजार छ सय ९० जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय नौ पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोनाको कारण दुई जनाले ज्यान गुमाएका छन् ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये आठ सय १९ जना युवायुवती छन् भने एक सय ९८ जना किशोर किशोरी हुन् । त्यस्तै, ११ वर्ष मुनिका ४५ जना संक्रमित थपिएका छन् । एक सय १६ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या चार हजार पाँच सय ११ पुगेको छ । भक्तपुरमा आठ सय २५ र ललितपुरमा एक हजार दुई सय ९६ जना संक्रमित छन् ।

टिप्पणीहरू